अन्तर स्कुल डिपो बास्केटबल रनिङ कप भदौ २७ देखि


अनमोल समाचारदाता
सुनसरी । कोरोना कालमा स्वर्गबास भएका मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा विगत २ वर्षदेखि हँुदै आएको बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण यो वर्ष यहीँ भदौ २७ गतेदेखि धरानमा हुने भएको छ ।
आईतबार धरान १८ मा अवस्थित रहेको डिपो मावि धरानले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । ‘मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङग कप” भनेर विगत तीन बर्षदेखि निरन्तर हुदै आएको छ । प्रतियोगिता भदौ २७ गतेबाट ३१ गते सम्म हुने डिपो माविका प्रध्यानाध्यापक राजकुमार राईले बतएका छन् । तेस्रो संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगितालाई कोशी प्रदेश भरिका विद्यालयलाई सहभागिताको लागि आह्वान गरिएको छ ।
प्रथम पुरस्कार रु १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, दोस्रो पुरस्कार रु ७ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र, मस्ट भेलुएवल प्लेयरको लागि ट्रफी र प्रमाण पत्र र हाई स्कोरको लागि ट्रफी र प्रमाण पत्रबाट पुरस्कृत गरिने प्रधानाध्यापक राईले बताए । सहभागी धेरै हुने भए लिग कम नकआउट र कम सहभागी हुने भएमा नकआउट खेल खेलाउने योजनामा रहेको बताए । स्वर्गीय मेजर श्रवण कुमार लिम्बुले डिपो माविको विद्यालय व्यवस्थापन समितिलाई १६ वर्षसम्म लगातार नेतृत्व सम्हालेका थिए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment