जुनीको सांगीतिक प्रस्तुति


गायिका जुनी खालिङ राई पछिल्लो समय पुर्वमा हुने सांगीतिक कार्यक्रमहरुमा ब्यस्त बनिरहेकी छन् । 

शुक्रबार उनले संखुवासभाको फेक्मालुङमा आयोजीत साङ्गीतिक कार्यक्रममा आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शक तथा स्रोतालाई मनोरञ्जन दिलाईन् । संखुवासभाको खाँदबारी स्थित लोहोरुङ क्लब पांमाले चन्डी पुर्णिमाको अवसरमा आयोजना गरेको ढाँडेहाड सम्बर्द्धन सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा विशेष आकर्षणका रुपमा सहभागी जुनीले आफ्ना आधा दर्जन भन्दा बढि गीतहरु गाईन् । जुनीले गाउँदा स्थानीय स्रोता तथा दर्शकले सँगै गाउँदै नाच्दै साथ दिएका थिए । कार्यक्रममा गायकहरु उमङ्ग लामा, सुमन राई र सुसन मगरले पनि गीत प्रस्तुत गरेका थिए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment