अनमोल समाचारदाता
पथरी । सरकारी कागजात कीर्ते गरेको आरोपमा रंगेली नगरपालिका ४ का वडा अध्यक्ष सहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
वडाध्यक्ष अभदेश मण्डल सहित १३ जनाविरुद्ध सरकारी कागज–छाप लगायतको दुरुपयोग गरेको मुद्दामा मोरङ जिल्ला अदालतबाट जेठ ९ गते पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ । वडाध्यक्ष, मालपोत कार्यालयका कर्मचारी सहित १३ जना मिलेर रंगेली ४ आमतोलामा रहेको झण्डै ३ करोड पर्ने जग्गा र उद्योग एकलौटी बनाउन खोजेको आरोप छ ।
स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग उनका जेठी श्रीमतीलाई थाहा नै नदी कान्छी श्रीमतीको नाममा ल्याउन रंगेली ४ का वडाध्यक्ष मण्डल आर्थिक चलखेलको लोभमा परेको बताइएको छ । वडाध्यक्षको अवैध कामलाई रंगेली नगरपालिकाकी उपप्रमुख झुमा पराजुली निरौलाका श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौला सहित १३ जनाले साथ दिएका थिए । रामप्रसाद साहको नाममा साविक गाविस रंगेली वडा नं ८ को नक्सा सिट नं १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८।६३ वर्ग मिटरको जग्गा रहेको छ । सोही जग्गामा बजरङ चिउरा उद्योग र घर छ । हाल यो प्रतिधुर १० लाखदेखि १२ लाखसम्ममा खरिद–बिक्री भइरहेको जग्गा हो । घर र उद्योग बाहेक मात्र जग्गाको मूल्यमात्रै झण्डै तीन करोड पर्ने स्थानीय सुझाउँछन् ।
रामप्रसादको ८ वैशाख २०७९ मा मृत्यु भएको थियो । उनका दुई जना श्रीमती छन् । जेठी श्रीमती कलावतीदेवी र कान्छी कौशिलादेवी हुन् । जेठीपट्टीका वीरेन्द्रकुमार र कान्छीपट्टीका राजकिशोर छोरा छन् । उनीहरू छुट्टिएर बसेका छन् । रामप्रसादको निधन भएपछि कान्छीपट्टी छोरा राजकिशोरले बाबुको १३ औं दिनमा मृत्यु दर्ता गरेका थिए । बाबुको मृत्यु भएपछि काजक्रिया सकिएकै दिन एकलौटी रुपमा आफूले मात्रै अंश लिने हेतुले वि.सं. २०७९ वैशाख २१ मा वडा कार्यालयमा गएर मृत्यु दर्ता गरेका थिए । त्यसपछि जेठीपट्टीका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ दिएर अंश दिएको देखाएर कान्छीपट्टीका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाएका थिए । राजकिशोरले ५ फागुन २०७९ मा एकल अंशियार देखाएर सर्जमिन मुचुल्का उठाए । सो सर्जमिन मुचुल्कामा उपप्रमुखका श्रीमान गणेश निरौला, अनिल मण्डल, विनोदकुमार मण्डल, दिनेश मण्डल, अजयप्रसाद साह, धीरजकुमार मण्डल र प्रमानन्द मण्डलले हस्ताक्षर गरिदिए ।
त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा उनकी आमा कौशिलादेवी साहको नाममा मृत्यु भएका बाबु रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रंगेलीलाई वडाअध्यक्ष अभदेशकुमार मण्डलले सिफारिस बनाइदिएको पाइएको छ । वडाले दिएको सो सिफारिसका आधरमा मालपोत कार्यालय रंगेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी गरेको देखिन आएको छ । वडाअध्यक्ष सहित १३ जनाविरुद्ध सरकारी कागजपत्र कीर्ते गरेको मुद्दामा उजुरी दर्ता भएपछि अनुसन्धान शुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाअध्यक्षसहित १३ जना अहिले फरार छन । उनीहरूको खोजी कार्यमा प्रहरी परिचालन भएको बताइएको छ ।

0 Comments:
Post a Comment