निःशुल्क स्वास्थ्य शिविर


अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । पथरी शनिश्चरे वडा नं. ५ मा अवस्थित हसहन्द स्वास्थ्य चौकीमा शनिबार महिलाहरूको लागि प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको हो । 
शिविरको उद्घाटन कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर बस्नेत, नगरका जनस्वास्थ्य अधिकृत जगत मगर, स्त्री रोग विशेषज्ञ डा. ममता पण्डित लगातको उपस्थिति रहेको थियो । 
शिविरमा स्तन क्यान्सर स्कृनिङ, पाठेघरको क्यान्सर स्किनिङ, आङ खस्ने सम्वन्धी समस्याको उपचार तथा व्यवस्थापन, अष्टे्रटिक फिस्टुलाको उपचार तथा व्यवस्थापन, बाझोपन सम्वन्धी परामर्श शेवा, गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, निःशुल्क औषधि वितरण जस्ता सेवाहरु प्रदान गरिएको जनस्वास्थ्य अधिकृत जगत मगरले जानकारी दिनुभयो । 
शिबिरमा ८९ जनाले ओ.पी.डी. सेवा, ४१ जनाले भिडियो एक्स–रे सेवा, २३ भि.आई.ए.जाच गरी १ सय ५३ जनाले शिविरको लाभ लिएको अ.न.मी एलिसा लकान्द्रीले जानकारी दिनुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment