वडा नं. ८ द्वारा नौमती बाजा तालिमको उद्घाटन


अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. ८ ले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । 
‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरुवात गरेको छ । 
आफ्ना मौलिक संस्कृति तथा बाजाहरुलाई संरक्षण तथा पुस्तान्तरण गर्नको लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभएको छ ।  
वडाले यसअघि लिम्बु जातिको केलाङ (च्याब्रुङ) नाच, राई जातिको साकेला सिली १÷१ महिना निःशुल्क प्रशिक्षण गराएको थियो भने आवश्यक बाजा समेत सहयोग गरेको छ । साथै यसअघि नै थारु जातिको पोशाक वितरण गरिसकिएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment