नगर प्रमुख तुम्वापोद्वारा यलम्बरको मूर्ति अनावरण


अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे–१ मा यलम्बरको मूर्ति एक औपचारिक कार्यक्रमको बीच नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनावरण गर्नुभएको छ । 
नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा र पित्तल)को मूर्ति स्थापना भएको हो । साढे ५ फिटको यलम्बरको मूर्ति नगर प्रमुख तुम्बपोले आज अनावरण गर्नुभएको हो । यसअघि संघीय सरकारबाट १४ लाख १० हजार, स्थानीयबाट १ लाख ८ हजार ५५९ बजेटबाट मूर्ति राख्ने बेस निर्माण भएको थियो । मूर्ति राख्ने बेस निर्माण महेन्द्र राईको अध्यक्षतामा निर्माण समितिले गरेको थियो । मूर्ति निर्माण संयोजन भने सन्तोष गुरुङ, कर्ण नेम्वाङ, जोन सुब्बा लगायतका समितिले गरेका थिए । 
यलम्बरको मूर्ति अनावरण कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, वडा नं. १ का वडाध्यक्ष भीम राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, बसन्ती गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment