भलिवलको उपाधि एभरेष्टलाई


अनमोल समाचारदाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा भएको ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनिवार समापन भएको छ ।
विभिन्न खेलकुदका प्रतियोगिता मध्ये भलिवलतर्फको उपाधि एभरेष्ट मावि पथरीशनिश्चरेले आफ्नो पोल्टामा पारेको छ । 
पुरुष र महिला दुवै भलिवल प्रतियोगितामा एभरेष्टले उपाधि चुम्न सफल भएको हो । पुरुष तर्फको खेलमा एभरेष्टले पञ्चायत र महिला तर्फको खेलमा रेडस्टारलाई पराजित गरेको हो । 
आयोजक स्कुल पञ्चायत माविमा गत विहिबारदेखि जारी रनिङ सिल्डको शनिबार समापन गरिएको हो ।



About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment