फागुनमा शरणार्थी च्यालेन्ज कप हुने


अनमोल समाचारदाता
पथरी शनिश्चरे । फागुन १० गतेदेखि राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ हुने भएको छ ।
प्रतियोगिता मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित रंगशालामा हुनेछ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ट ९ र भारतको एउटा गरी १० टिमले सहभागिता जनाउने छन् ।
फुटबल टिम व्यवस्थापन समितिका संयोजक दीपक राईका अनुसार पश्चिम बंगाल भारतको कञ्चनजंघा फुटबल क्लब, बेलबारी फुटबल क्लब, बिर्तामोड युनाईटेड झापा, फेयर क्लब धरान सुनसरी, वीवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा, डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र वाइएफसी पथरीले प्रतियोगितामा भाग लिनेछन् ।
प्रतियोगिताका विजेताले २ लाख १ हजार सहित च्यालेन्ज कप प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख १ हजार रुपियाँ सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ । 
यसैगरी फाइनल खेलको दिन प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउनेछन् । यसैगरी उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोचलाई जनही ५ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबल खेलको राइजिङ ब्रदर्स र सुजना डान्स सेन्टरले प्रायोजन गर्ने भएका छन् । डाइमन स्पोन्सर राइजिङ ब्रदर्श एल.एल.सी. अमेरिकाबाट रेन्जु राईले प्रायोजन गरेका छन् । यस्तै प्रथम पुरस्कार पूर्व फ्रेण्डस् क्लब भुटानका पूर्व अध्यक्ष युवराज साम्पाङ राईले प्रायोजन गरेका हुन् ।
फुटबल खेल सम्पन्न गर्न २२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । शरणार्थी र स्थानीय वासिन्दा बिच सम्वन्ध स्थापना गर्न प्रत्येक वर्ष विभिन्न संघ संस्थाले मोरङको पथरीशनिश्चरे र झापाको दमकमा फुटबल खेल हुँदै आएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment