सिरिजंगाको ७ औं वार्षिक साधारणसभा


अनमोल समाचारदाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं.–१० मा स्थापित सिरिजंगा स्मृति धार्मिक वन समूहको ७ औं साधारणसभा सम्पन्न भएको छ । वनको सभाहलमा आज आर्थिक वर्ष २०८०÷८१ को कार्यतालिका सहित साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सब डिभिजन वन पथरीका रेन्जर प्रदिप कुवर, अतिथिहरू सव डिबिजन वन पथरीका प्राविधिक टंकप्रसाद पराजुली, शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ, भूल्के सामुदायिक वनका अध्यक्ष कबिराज लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समूहका बरिष्ट उपाध्यक्ष केशब कुरूङवाङ लिम्बुले स्वागत मन्यब्य राख्नुभएको थियो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन समूहका सचिव मानप्रसाद लिम्बू, आ.ले.प. संयोजक धनप्रसाद साँवाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदनलाई कोषाध्यक्षको प्रतिनिधि संजु सिघक लिम्बुले प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा समितिका अध्यक्ष डम्बर बहादुर चेम्जोङले वनको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ‘वनलाई सुन्दर एवं दुर्लभ चराचुरुङ्गी, जनावारको बासस्थान, स्वच्छ सफा पिउने पानीको मुहानहरूको दिगो स्रोत, स्वच्छ सफा एवम् सन्तुलित पर्यावरणको साथमा लिम्बु जातिको उत्थान, वैधानिक समन्वय, एकता पहिचान, भाषा, मौलिक संस्कार, संस्कृति, धर्म, भेषभूषा, पूजापाठ, मठ मन्दिर संरक्षण तथा प्रवद्र्धन गर्दै आएका छौं र जानेछौं ।’ अध्यक्ष चेम्जोङले बताउनुभयो । उहाँले भन्नुभया–‘वनलाई धर्म संस्कृति अनुरुप पर्यटनको हिसाबले अघि बढाउनेछौँ । साथै, देशकै ठूलो च्याब्रुङ र सिलामसाक्माको प्रतिमा स्थापना गर्नेछौं ।’

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment