आगलागीबाट घाइतेको उपचारत २५ मध्ये ७ को अवस्था गम्भीर


अनमोल समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारीमा लक्ष्मी पुजाको रात भएको आगलागीमा परी घाइते भएका २८ जना मध्ये २५ जनाको यतिबेला काठमाडौमा अवस्थित कीर्तिपुरमा रहेको ‘बर्न अस्पताल’ मा उपचार भइरहेको छ ।
आगलागीमा परी घाईते बनेका मध्ये उर्लाबारी–५ बस्ने वर्ष ५५ का रवि तामाङको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार पश्चात भोलि पल्ट अस्पतालले डिस्चार्ज दिएको थियो ।
अन्य २७ जना झापा र मोरङका विभिन्न अस्पतालमा उपचाररत थिए । उपचाररत घाईतेहरुलाई कोशी प्रदेश सरकारको पहलमा थप उपचारका लागि नेपाली सेनाको जहाज मार्फत काठमान्डौ कीर्तिपुर स्थित ‘बर्न अस्पताल’ लगिएको छ ।
बर्न अस्पतालमा उपचाररत २५ मध्ये ७ को स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गभ्मिर अवस्थामा रहेका मध्ये वर्ष ६८ का घरमुली रुकुम बहादुर कार्की उनको शरिरमा ४० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । यस्तै वर्ष ३१ का शिव कुमार विकको ३३ प्रतिशत, वर्ष ३४ प्रकाश लिम्वुको ४५–५० प्रतिशत, वर्ष २६ का विक्रम शाहको ५५–५८ प्रतिशत, वर्ष ४९ का हेमकुमार दहालको ५६ प्रतिशत, वर्ष ४३ का तपन पण्डितको ६५ प्रतिशत र वर्ष ४२ का कुमार तामाङको शरिरमा ६५ प्रतिशत जलन रहेको अस्पतालले जनाएको छ ।
यस्तै सोही घटनामा परी घाइते बनेका मध्ये ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत ४ जना प्रहरीको भने जनरल वार्डमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
घाईते मध्ये प्रहरी सहायक निरिक्षक चुडामणी प्रधान र प्रहरी सहायक निरीक्षक मन कुमार घिसिङको शरिरमा १०÷१० प्रतिशत र प्रहरी जवान दिलकुमार आर्चायको १५ प्रतिशत र प्रहरी जवान ऋषि किरण राईको शरिरमा २४ प्रतिशत जलन रहेको अस्पतालको रिर्पोटिङ रहेको दासले बताए ।
उपचाररत २५ मध्ये सातजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । उनका अनुसार घाइते सातजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको डा. नकर्मीले बताए । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ ।
यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् ।
आगलागीमा परी घाईते बनेकाहरुको उपचाररत अस्पतालमा सहयोगीका रुपमा गएका नेपाली कांग्रेस नगर सचिव राजन राजनमाझीका अनुसार कातिक ३० गतेदेखि अन्य १८ जना भने सामान्य हिडडुल गर्न र आपसमा बोल्न सक्ने अवस्थामा रहेको बताए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment