उद्घाटन खेलमा रोयल किङ बिजयी


अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेटको चौथो संस्करण शुकबारबाट सुरु भएको छ । उदघाटन खेलमा साबिक बिजेता सात बाघ माथी  रोयल किङ संग ३४ रनको पराजित भएको छ  ।
टस हारेर ब्याटिङमा उत्रीएको रोयल किङले २० ओभरमा ८ बिकेट गुमाएर १३४ रन बनायो । रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउदा  महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागी फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए ।
१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १०० रनमा समेटियो । 
सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन बनाउन बाहेक अन्य खेलाडिले दोहोरो रन जोडन सकेन्न । 
रोयलका शिवन यादब , राज बस्नेत , दिवस राजबंशी र सुवास भण्डारीले समान २–२ बिकेट लिए ।खेलको म्यान अफ दि म्याच रोयलका शिवन यादब घोषित भए । 
पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोले प्रतियोगिताको उदघाटन गरेका थिए । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment