अनमोल समाचारदाता
पथरी । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा पथरी शनिश्चरे नगरपालिकाको गत शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ ।
शुक्रबार नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले गत शैक्षिक सत्र २०७९ का लागि नगरका संस्थागत तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याई नगरपालिका मातहतमा संचालित कक्षा–५, ८ र १० एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले तथा जनप्रतिनिधिहरुले फूल, अबिर, नगद सहित विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
यस्तै नेपालका तीन नाष्ट नामक वैज्ञानिकहरूको साझा संस्थाबाट छनौटमा पर्न सफल पथरीशनिश्चरे–३ का त्रिसव तिम्सिनालाई नगर कार्यपालिकाको बैठकले पारित गरेको ५० हजार रुपैयाँको चेक प्रदान गरी सम्मान गरिएको थियो ।
यस्तैगरी संस्थागत विद्यालयबाट एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्ने प्याराडाईज ईंङ्लिस बोर्डिङ स्कुलका ३.९५ जिपीए ल्याउने निश्चल काफ्ले र संस्थागत विद्यालयहरुबाट उत्कृष्ट नतिजा हासिल गर्ने पञ्चायत माविका ३.८ जीपीए प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

0 Comments:
Post a Comment