मोरङ ३ का अर्गानिक उम्मेद्वार गणेश पोखरेल


अनमोलमणि संवाददाता
पथरी । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेद्वार गणेश पोखरेलले आफू अर्गानिक उम्मेद्वार भएको बताएका छन् । 

मोरङको पथरीशनिश्चरे–१ मनोहर होटल एण्ड पार्कमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताएका हुन् । मोरङ कानेपोखरी पोखरेल विगतमा पत्रकारिताबाट समाजमा भिजेका युवा हुन् । उनी पथरीबाट प्रकाशित मोफसल साप्ताहिकमा आवद्ध थिए । पोखरेल हाल विराटनगरमा रही व्यवसाय गर्दै आइरहेका छन् । उनी विद्यालय सञ्चालक पनि हुन् । 

उनले पत्रकार सम्मेलनमा भने– ‘जुन सरकार आएपनि देशमा विकास आएन, आफन्तवाद, नातावादले देश भल्खाडोमा गएको जिकिर गर्दै यस्तो वेथिति विरुद्ध मेरो उम्मेद्वारी रहेको हो ।’ पोखरेल विगतदेखि समाजमा आफूले सक्ने सहयोग गर्दै आइरहेका युवा हुन् । त्यसैले पनि आफ्नो विजयी यात्रा सुनिश्चित रहेको सुझाउँछन् । उनले थपे–‘जस्ले गाउँ गाउँमा स्वास्थ्य शिविर चलाएर हिडे त्यो सामाजिक कार्य होइन, त्यो सिधै व्यापार हो ।’ 

पोखरेलले घोषणापत्रमा कुनै ठूलो सपना बाडेका छैनन् जे गर्छन् आफूले सक्ने कार्यहरु समावेश गरेका छन् । उनी अहिले गाउँ गाउँ कुना कन्दरामा भोट माग्दै जनताको घरदैलोमा सक्रियताका साथ हिडिरहेका छन् । उनको चुनाव चिन्ह अंगुर रहेको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment