पथरीशनिश्चरेको प्रशासनिक भवन कानुनी हिसाबले वडा नं. १० बाट अन्त लान नमिल्ने दाबी


अनमोल समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन कानुनी हिसाबले वडा नं.१० मा अवस्थित भुटानी शरणार्थी शिविर बसेको उत्तरडाँडा भन्दा अन्त लान नमिल्ने दाबी गरिएको छ । 

शनिबार १० नं. वडा अध्यक्ष जीवन खतिवडा लगायतका राजनीतिक तथा सामाजिक अग्रज ब्यक्तिहरुले पत्रकार सम्मेलनको आयोजना गरी तत्कालीन राजनीतिक सहमति, उच्च अदालतको फैसलाको कारण शिविर डाँडाभन्दा अन्त लानै नमिल्ने दाबी पेश गरेका छन् । 

भवन निर्माणको लागि स्थानको बिषयलाई लिएर पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले स्थानीय तहको निर्वाचनमा भाग लिएको ८ वटा राजनीतिक पार्टीको प्रतिनिधिसहितको भोलि बैठक बोलाएको छ । 

सोही बिषयमा पूर्ब सहमति, विराटनगर उच्च अदालतको निर्णय अनुसार १० नं. वडामै नगरपालिका भवन बन्नुपर्छ भन्ने पक्षले पत्रकार सम्मेलनको आयोजना गरी अन्त विगतका सहमतिहरु सम्झदै कागजी रुपमा अन्त लानै नमिल्ने र नदिने बताएका छन् । 

वडा अध्यक्ष जीवन खतिवडाले राजनीतिक सहमति, अदालतको फैसलालाई बेवास्ता गरेर अन्य स्थानमा लानै नमिल्ने बताए । खतिवडाले विधिको शासन र कानुनी सर्बोच्चता मान्नेहरुले १० नं. वडा शिविर डाँडाभन्दा अन्त लान नमिल्ने बताउदै त्यसको लागि आपूm नेतृत्व गर्न तयार रहेको खतिवडाले सुझाए ।

यस्तै कार्यक्रममा सोही अभियानमा लागेका संघर्ष समितिका सदस्य रमेश राईले कार्यालय १० नं. वडाबाट अन्त लानु अघि सर्बोच्च अदालतसम्म मुद्दा लिएर जाने आफूहरुलाई कारबाही हुनुपर्ने भन्दै कुनै हालतमा नछाड्ने बताए । 
शिविर डाँडाको जग्गा सट्टा भर्ना गर्न तत्कालीन जाँतेमा डेढ बिगाहा जग्गा १८ लाखमा खोजिए पनि तत्कालीन नगर प्रमुख दिलिपकुमार राई र यमुना बिष्टले बेवास्ता गरेको प्रसङ्ग उल्लेख गर्दै जबरजस्ती अन्त लाने प्रयास भए जस्तोसुकै कडा आन्दोलन गर्न आफूहरु तयार रहेको रमेश राईले चेतावनी पनि दिए । राईले कीर्तिपुरमा कार्यालय लान बनेको पहल समितिलाई जग्गा पास नगर्न सुझाव दिदै नगरलाई अहिले नै जग्गा दिएपनि कार्यालय त्यहाँ नजाने बताए । 

पथरी उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष पर्शुराम कार्की आफू त्यो बेलाको हस्ताक्षर कर्ता भएकोले राजनीतिक सहमतिको भएको शिविर डाँडामै भवन बन्नुपर्ने सुझाए । कार्कीले तत्कालीन नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्टको कारण भवन शिविर डाँडा नबनेको आरोप लगाउदै अहिलेपनि सोही चलखेल भइरहेको बताए । कार्कीले १० नं. वडामा नबने मात्र ४ नं. वडा कार्यालय भएको नगरको आफ्नै जग्गामा कार्यालय लान आफूहरुको पहल रहेको बताए । कार्की लगायतको टोलीले पनि ४ नं. वडामा कार्यालय लैजान पहल गरिहेका छन् । 

सोही अभियानको अभियन्ता भगतचन्द्र थपलियाद्वारा सञ्चालन भएको कार्यक्रममा गंगा सावा, खेम भट्टराई लगायतले बोलेका थिए । पत्रकार सम्मेलनमा विभिन्न पार्टी, पशुपति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, सरोकारवालाहरूको सहभागितामा रहेको थियो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment