कानुन (Law) का सिद्धान्त मध्ये ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’भन्ने सिद्धान्त एक सर्वब्यापी र अति संवेदनशील सिद्धान्त हो । सिद्धान्त, मात्रकागजी दस्तावेज नभएर व्यबहारमा पनिलागु हुनुपर्ने हुन्छ । धेरै मान्याता मध्ये कानुनको यो सिद्धान्त निक्कै व्यवहारिक र प्रयोगमा व्याप्त रहेको देखिन्छ । कानुनकाबिद्यार्थीमा सम्पूर्ण समाजकानुनी मान्यताहरुबाट सञ्चालनभएको दृष्टिकोण बनेतापनिआममानिसहरुमायसको ज्ञान सचेतनाको अभावले कानुनीव्यवस्था र प्रावधानहरुको उल्लंघन बढिरहेको देखिन्छ । कानुनीशासन साहेद आजको विश्वमा हरेक मुलुकमा मुखरित छ तथा पियसका कयौँ कमी कमजोरीसँगै स्थिर कार्यन्वयनहुननसकेको पनियथार्थ हो । कानुन के हो ?
र कानुनहाम्रो जीवनमा कसरी प्रयोग भइरहेको छ ? के हामी कानुन र यसको प्रभावबाट प्रभावितनभई जीवनचलाइरहेका छौँ ? छौँ भनेृ कसरी र के मान्यताहरु हाम्रो यथार्थ ब्यवहारमा लागु भइरहेको छ ? यस्ता कयौँ प्रश्नहरु सरल ढंगबाट हाम्रो दैनिक जीवनमा जन्मिरहेका हुन्छन् र हामीले तिनको व्यवस्थापन मात्र गर्न सकेका छैनौं ।
कानुनको ब्याख्या कानुनका बिज्ञ र अदालतले गर्ने भएता पनिकानुनको नजरमा सबै समान हुन्छन् । कानुनले शासन गरेको मुलुकमा सबै नागरिकहरुले कानुनको पालना गर्नु र सम्वन्धित निकाय अर्थात् राज्यले पालना
गराउनु दायित्व साथै कर्तव्य पनि हो । राज्यले आफ्नो दायित्व पूरा गर्दा गर्दै र नागरिकले पालना गर्दागर्दै पनि कहिले काँही कानुनको पालना भने जस्तो तरिकाबाट भइरहेको पाइन्न यद्यपि यहाँ व्याख्या गर्न खोजिएको प्रशङ्ग यो हो कि कानुनको अज्ञानताले मानिसलाई कुन–कुन प्रकारको अप्ठ्यारो परिस्थितिमा पु¥याउँछ, र ती कठिन परिस्थितिहरूलाई सहज रुपमा समाधान गर्ने अघिल्लो उपाय के हो भन्ने हो ।
कयौँ मानिसहरू चेतना र ज्ञानका अभावले पनिकानुनको फन्दामा परेको हामीले देखेका छौँ, सुनेका छौं, र भोगेका छौं । ठूला–ठूला मोटा पुस्तकहरुमा कानुनका सिद्धान्तहरू व्याख्या गरिएका छन्, पाठ्यक्रममा समावेश गरिएका छन्, विश्व विद्यालयमा पढाइएका छन् तर तल्लो स्तरका आम जनसमुदायले आज पनि ज्ञानकै अभाव र शिक्षामा पहुँच नपुगेकै कारण जानी नजानी मानिस कानुनको कठघरामा उभिन बाध्य छ । त्यसैले एउटा सर्वब्यापी र जन–जनलेबुझ्नुे पर्ने तथ्य के हो भने किन केही नजानी, नबुझी गरेको कार्यबाट पनि हामी कानुनको दृष्टीमा पछौं त भन्ने हो । हुन त कानुन अन्धो छ भनी भनिन्छ तर कानुनले सदावहार आँखा
खोलिरहन्छ र देखि रहन्छ किनकी अन्जानमा गरेको गल्तीमा पनि सजायँको भागिदार हुनुपर्ने हुन्छ ।
हो, माथि उठेका धेरै प्रश्नहरुको जवाफयहाँनिर भेट्टाइन्छ कि कानुनका आँखा बन्द गर्न सकिदैन, कानुन अन्धो छ भनेर कानुन विपरित कार्य गरे दण्डनीय हुनेछ र सोचेको भन्दा विपरित परिस्थिति खडा हुनेछ । शीर्षकमा उठेको सवाल नै यो हो कि कानुनको अज्ञानता क्षम्य हँुदैन अर्थात् मैले जानिन, थाहा छैन, नजानी गरेको हुँ, कानुनमा के थियो थाहा भएन भनेर पीडकलाई धर छैन, कानुन विपरित कार्य गर्नेलाई धर छैन । कानुनको कयौँ आयामहरू विद्वानहरुको विद्धता मापनमा विश्लेषण गरिन्छ तर एउटा
साधारण जीवनब्यवहार गुजारा गर्ने ब्यक्तिले जान्नुपर्ने सामान्यमान्यता के हो भन्ने विश्लेषण कम हुन्छ । तर प्रष्ठ भन्नुपर्ने र देखिएको यथार्थ स्थिति चाहिँ पहिले–पहिले भन्दाअहिले चाही धेरै नै जनमानसमा रुपान्तरण र सचेतना आएको छ यद्यपि पुष्तान्तरणको समस्या पनि बढ्दो छ, त्यसकारण विश्व समुदायमै यसको जानकारी होस्की देवानी या संवैधानिक होस् या प्रशासनिक सबै जसो कानुनका अंगहरुमा लागू हुन्छ र गरिन्छ ।
कानुनको अज्ञानतालाई क्षमा गरिदैंन । आजको युगमाकानुनीराज्यको अवधारणलाई आत्मसात गर्नु
पर्दछ । तथ्य र प्रमाण्ले पुष्टी नगरेदयामायाले वाकु नै सहानुभुतिले गल्तीको माफी हँुदैन भनेको हो । यही सर्वव्यापी मान्यताका कारण अन्जानको गल्तीले पनि सजायँ भोग्नुपर्छ । जस्तो फौजदारी कानुनअनुसार जर्बजस्ती करणी अपराध हो, यस्तो प्रकारको दण्डनीय कार्य गरेर मैले नजानीकन यस्तो कार्य गरेभन्नपाइदैन । कानुनभन्दा माथि कोही हुन्न । कानुनको आँखा पनि छ, कान पनि छ र खुट्टा पनि छ ।
हुन त कानुन नजान्नेले भन्दा जान्नेले बढी दुरुपयोग गरिरहेको अवस्था पनि छ । तर, ती व्यक्तिहरु जो कानुनको नजरमा समान छन् तर मैले गरिरहेको कार्य कानुन विपरित छ, दण्डनीय छ, कानुनी सजाय मिल्छ भन्ने ज्ञान छैन । उनीहरुका लागि अनेक प्रकारका कानुनहरु र कानुनी मान्यताहरु माथि प्रचार दिनु आवश्यक नै छ । अतः वौद्धिक विश्लेषणको स्पेस
फरक हुनसक्छे, तर, साधारण मान्यताहरू जान्नाले मात्रै पनि हामी ठूला–ठूला दुर्घटनाहरूबाट बच्न सक्छौँ, जोगिन सक्छौं । कानुन कानुन हो कानुनको अपमान कसैले गर्नुहुन्न, कानुनले तोकेको निर्धिष्ट पक्षहरू सबैका लागि मान्य छन्, समान छन्, संरक्षणात्मक पनि छन् साथै संविधान, कानुन, ऐन, नियम लगायत सबै विधि विधानहरुले हामीलाई नै जगेर्ना गरेको हुन्छ यिनको मातहतमा बस्नु हाम्रो परम कर्तव्य हो । – विराटनगर

0 Comments:
Post a Comment