द्वन्द्वपीडितहरूको सवालमा स्थानीय तहको भूमिका

अनमोल समाचारदाता/पथरी

द्वन्द्वपीडित साझा चौतारीको आयोजनामा मोरङको पथरीशनिश्चरे नगरमा भएका द्वन्द्वपीडितहरुका सवाललाई सम्वोधन गर्नुपर्ने विषय उठान गर्दै मंगलबार अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख देवीमाया काफ्लेले नगरका द्वन्दपिडीतहरुका सवाललाई सम्वोधन गर्दै जाने वताउनु भएको छ । कार्यक्रममा, ३ नम्बर वडाध्यक्ष विजय लिम्बु, ७ नम्बर वडाध्यक्ष उद्धवराज बस्नेत र कार्यपालिका सदस्य कल्पना श्रेष्ठले द्वन्दपिडीतहरुका स्वास्थ्य, शिक्षा, स्वरोजगार सहितका सवाललाई सम्वोधन गर्दै जाने कुरामा प्रतिवद्ध भएको जनाउनुभएको छ ।

कार्यक्रममा, अधिवक्ता रुक्मिणा दहालले द्वन्दपिडीतहरूका सवाललाई सम्वोधन गर्दै उनीहरुको पीडाको घाउमा सम्मानजनक मल्हम लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द पीडितहरुको पालिकामा सूचिकृत गर्नुपर्ने, निःशुल्क स्वास्थ्य विमाको व्यवस्थापन सहित आत्मनिर्भर बन्ने प्रकारका कार्ययोजना बनाएर सहयोग पु¥याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रम संयोजक चौतारीकी जिल्ला अध्यक्ष रीता गिरीले द्वन्द्वको समयमा मारिएकाहरूका जघन्य अपराधलाई माफी दिन मिल्ने कानून बनाइएकाले कानून संसोधन गरेर सजायको भागिदार बनाउनु पर्ने आफूहरुको निरन्तर माग रहेको जनाउनुभयो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment