बिरामी चाँडो निको हुने उपायहरू


मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ ।

दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम गर्छन्, जसलाई ‘सर्केडियन रिदम’ वा ‘बडी क्लक’ जैविक घडी भनिन्छ । यस जैविक घडी अनुसार दिन र रातमा शरीरको काम गर्ने तरिका फरक हुन्छ । शरीरले २४ घण्टामा विभिन्न समयमा विभिन्न तरिकाले काम गर्छ । ग्रीक चिकित्सक हिप्पोक्रेट्सले यो धेरै पहिले नै बुझिसकेका थिए ।

चिनियाँ परम्परागत चिकित्सा विज्ञानमा पनि फोक्सोले बिहान ३ देखि ५ बजेसम्म, मुटुले बिहान ११ देखि दिउँसो १ बजेसम्म र मिर्गौलाले बेलुका ५ देखि ७ बजेसम्म राम्रो काम गर्ने उल्लेख छ । सायद यसैलाई आधार मानेर आज यस दिशामा नयाँ अनुसन्धान भइरहेको छ । जीव वैज्ञानिक जोन ओनिलको अनुसन्धानले ‘फाइब्रोब्लास्ट’ भनिने कोषिकाहरुले दिनको समयमा चोटपटकका कारण क्षतिग्रस्त तन्तुहरू तुरुन्तै मर्मत गर्छन् भन्ने देखाएको छ । फाइब्रोब्लास्ट कोषिकाहरु छालाको कोषिकाहरुमा प्रवेश गरेर चोट लागेको ठाउँमा पुग्छन्, र यसलाई निको पार्न मद्दत गर्छन् ।

प्रोफेसर ओनिलले इन्टरनेसनल बर्न इन्जुरी डाटाबेसको मूल्यांकन गरेपछि अनुसन्धानमा भनेका छन्, ‘दिउँसो जल्ने बिरामीको तुलनामा राति जलेका मानिसहरूको घाउ निको हुन ११ दिन बढी लाग्छ ।’

जैविक घडीलाई बुझ्नुपर्छ रोगसँग लड्ने हाम्रो शारीरिक क्षमताले पनि हाम्रो शरीरको घडीलाई असर गर्छ । शरीरमा फैलिने कुनै पनि प्रकारको संक्रमणसँग लड्न बलियो प्रतिरक्षा प्रणाली हुनु महत्त्वपूर्ण छ ।

भाइरोलोजिस्ट राहेल एडगरले ‘बडी क्लक’ जैविक घडी र भाइरल संक्रमणबीचको सम्बन्धको बारेमा अनुसन्धान गर्दैछन् । उनले मुसामा हुने रिङ्वर्म भाइरसबारे अनुसन्धान गरेका छन् ।

उनका अनुसार यो भाइरस राति १० गुणा बढी सक्रिय हुन्छ भने बिहानी पख यसको प्रभाव निकै कम हुन्छ । यो परिवर्तन सम्भवतः प्रतिरक्षा प्रणाली कम सक्रिय भएको कारणले हुन्छ । संक्रमित कोषिकाहरुको लय पनि संक्रमण बढाउन प्रभावकारी हुन्छ ।

मौसमी ज्वरोमा पनि यस्तै नतिजा देखिएको छ । दिउँसोभन्दा बिहान औषधि खाएमा चाँडै राहत मिल्छ । तर यो पनि सत्य हो कि दिनको समयमा बिरामी पर्ने सम्भावना बढी हुन्छ । एउटै सिद्धान्त विभिन्न प्रकारका संक्रमणहरुमा लागू हुँदैन ।

सही समयमा औषधि लिनुपर्छ

प्रोफेसर एडगर भन्छन्, ‘यदि कुन समयमा भाइरसले वरपरका कोषिकाहरुलाई असर गरिरहेको छ भन्ने कुरा थाहा भयो भने एन्टिभाइरल थेरापीमार्फत यसलाई फैलिनबाट रोक्न सकिन्छ । यसो गर्दा 

एन्टिभाइरल औषधिको मात्रा पनि घटाउन सकिन्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार करिब २५० आधारभूत र अत्यावश्यक औषधिहरू विश्वका प्रायः सबै अस्पतालमा उपलब्ध छन् । तर ती सबै लिने समय फरक छ । ती औषधिको प्रभाव 

शरीरको आन्तरिक सेलुलर घडीद्वारा तय हुन्छन् । जसकारण औषधिको प्रभाव कम वा बढी हुन सक्छ । यसमा पेनकिलर, रक्तचाप, दम र क्यान्सर औषधिहरू समावेश छन् ।

औषधिको प्रभावकारिता कति हुने भन्ने कुरा त्यसलाई कुन समयमा प्रयोग गरिन्छ भन्ने कुराले निर्धारण गर्छ । यसको मतलब ती औषधिहरू सही समयमा नखाएमा तिनीहरूको प्रभाव कम हुन्छ । उदाहरणका लागि यदि ब्लड प्रेसरको औषधि बिहानको सट्टा साँझमा लिने हो भने यो ६० प्रतिशत मात्र  प्रभावकारी हुन्छ । अर्को अनुसन्धानले विकिरण थेरापीको प्रभाव बिहानको तुलनामा दिउँसो बढी हुने देखाएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment