दुर्गा माविमा चरम लापरवाही


अनमोल समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी ३ मा स्थापित एक मात्र सामुदायिक विद्यालय दुर्गा माध्यमिक विद्यालय र निजी विद्यालयले विद्यार्थीको स्वास्थ्य माथि गम्भीर लापरवाही र चरम लापरवाह िगरेको पाइएको छ ।

विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा विद्यालयमा समय बिताउने स–साना बालबालिकाको स्वास्थ्यमाथि दुर्गा विद्यालयले स्कुल हाता भित्र र कक्षा कोठाभित्र झिगा भन्किने फोहोर थुपारेर पठनपाठन गराउँदा बालबालिकाको स्वाथ्य माथि गम्भिर असर पर्ने देखिएको छ ।  निजी विद्यालयका क्यान्टिनहरुमा जंक फुडको व्यापार हुनेगरेको पाइएको छ ।

विशेषतः सामुदायिक विद्यालयमा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने समुदायका बालबालिका पढ्ने पाठशाला हो । ति अभिभावकका लागि विद्यालय कोरा कितावी ज्ञान आर्जन गर्ने थलो मात्रै नभएर कितावी ज्ञानका साथै शिष्टता, सभ्यता, स्वास्थ्य र जनचेतना फैलाउने थलो पनि हो तर यो विद्यालय हाता भित्र पसेर हेर्ने हो भने यहाँ त्यस्तो केही पनि भेटिदैन ।

बालबालिकाहरू विहान १० बजे विद्यालय पुग्छन् अनि दिनभर फोहोरको ढंगुरमा कखरा सिकेर ४ बजे घर फर्किन्छन् । यसरी यस विद्यालयमा विद्यार्थीहरुले दैनिकी बिताइरहेका छन् भने विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका पनि कक्षाकोठा भित्रको त्यही फोहोरको ढंगुरमा स–साना बालबालिकाहरुलाई कखरा 
सिकाइरहेका देखिन्छन् ।

विद्यालयमा अध्यपन गराउने शिक्षक शिक्षिका र विद्यालयकी प्रधानाध्यपक समेतलाई फोहोर वातावरणमा शिक्षण शिकाई क्रियाकलाप राम्रो हुन भन्ने राम्रो चेतना छ तर उनीहरु आफू स्वास्थ्य सर्तकता अपनाएर दिनभरि विद्यालयमा समय गुजरा गर्छन् भने, आफ्नै छोराछोरी उमेरका स–साना बालबालिकालाई भने त्यही फोहोर र दुगन्र्धमा उनीहरू पढाई रहन्छन् । नपढाउन पनि कसरी त्यो फोहोर वातावरणमा उनीहरुका छोराछोरीले पढ्नु परेको छैन ।
विद्यालय हाताभित्र र कक्षा कोठामा फोहोरको ढंगुर देखेपछि हामीेले विद्यालयकी प्रधानाध्यपक 
शारदा कार्की (पाण्डे)लाई यसको कारण बारे जवाफ माग गर्दा उनले भनिन्–‘तपाईले अप्ठ्यारोमा पार्नु भयो आगामी दिनमा हामी यस कुरालाई सुधार गरेर लैजान्छौ ।’

विकास र समृद्धीको पहिलो कडी भनेकै शिक्षा हो तर यहाँ शिक्षाका नाममा बालबालिकालाई कोरा किताबी ज्ञान बाहेक अन्य अतिरिक्त क्रियाकलापका बारेमा खासै संलग्न गराइएको पाइदैन् । हाम्रो समाजमा विद्यालय भनेको बालबालिकाको दोस्रो घर हो भनेर व्याख्या गरिन्छ तर उनीहरुले सामान्य भन्दा पनि सामान्य रुपमा सफा र स्वच्छ वातारणमा पढ्न पाइरहेका छैनन् । यति मात्रै हैन विद्यालय भनेको बालअधिकारको शिक्षा दिने थलो पनि हो । तर, यहाँ न त उनीहरू राज्यको कानुनले प्रदान गरेको आफ्नो बालअधिकारको पुणउपभोग गर्न पाएका छन् न त उनीहरुको स्वास्थ्यको ख्याल नै छ । छ त केवल कोरा कितावी ज्ञान र 
रट्टामार परम्परागत शिक्षण सिकाई क्रियाकलाप ।
नगर शिक्षा शाखा र वडा नम्वर ३ को संयुक्त टोलीले वडामा रहेका ५ वटा सस्थागत विध्यालय हिमालय बोर्डिङ, सनसाईन बोर्डिङ, विद्याज्योति बोर्डिङ, शुभकामना बोर्डिङ, ब्रिलियन्ट एकेडेमी लगाएत मन्टेश्वरी कक्षा संचालन गर्ने सस्थाहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सवै भन्दा धेरै कमजोरी सामुदायिक विद्यालयमा पाइएको उर्लाबारी नगर शिक्षा शाखा प्राविधिक सहायक सृजना गौतमले बताइन् ।

गौतमका अनुसार–रुदुर्गा माविमा सरसफाईमा चरम लापरवाही भएको र पुस्ताकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान ल्याव व्यवस्थित नभएको बताइन् भने निजी विद्यालयतर्फ हिमालय बोर्डिङको क्यानटिनम जंक फुडको व्यापार अन्य बोर्डिङको तुलनामा धेरै भएको र विद्याज्योति बोर्डिङमा सरसफाईमा कमी देखिनुका साथै सवै निजी विध्यालयहमा जंक फुडको व्यापार हुनेगरेको पाइएको उनको भनाइ छ । भने ब्रिलियन्ट एकेडेमीमा भवन अभावका कारण सागुरो कक्षा कोठामा बालबालिका पढिरहेको उनले बताईन ।’ ब्रिलियन्टले नयाँ भवन निर्माण भैरहेको र केही महिना भित्रै सो भवनमा सर्ने जानकारी दिएको गौतमले बताइन् ।

अनुगमनका क्रममा विद्यालयमा देखिएका कमी कमजोरीलाई सुधार गर्न सचेत गराइएको र सबैबाट सकरात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ । यता समृद्ध नगरको परिकल्पना सहित गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नया जनप्रतिनिधीहले पालिका भित्र रहेका सामुदायिक र सस्थागत विद्यालयहरुको गुणस्तरका बारेमा आ–आफ्नो वडामा रहेका विध्यलयहरुको अनुगमन गर्ने क्रममा आफ्नो वडाको एक मात्रै सामुदायिक विद्यालय यस्तो अवस्थामा भेटिएको सो वडाका वडाध्यक्ष भिष्मराज बुढाथोकी बताउँछन् । 

बुढाथोकीका अनुसार वडाले अव हरेक महिना कार्यतालिका बनाएर आफ्नो वडा भित्र रहेका विध्यलयको अनुगमगन गर्ने र गुणस्तरीय वातावरणमा शिक्षण सिकाई क्रियाकलाप गराउने सामुदायिक र संस्थागत दुवै विद्यालयलाई पुरस्कृत गर्ने र अन्यलाई कारवाही गर्ने बताए ।

विकास र समृद्धिको नारा लिएर प्रगतिपथमा दौडिरहेको हाम्रो जस्तो मुलकमा औषत नेपालीका छोराछोरीले पढ्ने 
सरकारी विद्यालयको अवस्था दयनीय छ । तसर्थ औषत नेपालीका छोरा छोरीले पढ्ने सरकारी विध्यालयको शैक्षिक गुणस्तर, विध्यालयको वातावरण र समग्र बालविकासका बारेमा विद्यालयहरुले खेलिरहेको भूमिकाका बारेमा स्थानीय सरकार र सम्वन्धित निकायले सुधारका पक्षमा ध्यान दिन आवश्यक छ हैन भने कोरा कितावी ज्ञान परम्परागत शिक्षण शिकाई क्रियाकलापले शान्त र सु–संस्कृत समाजको परिकल्पना सहित राज्यले शिक्षामा गरेको लगानी बालुमा पानी सरह हुने देखीन्छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment