आर्थिक मन्दीका कारण ब्यापार चौपट

ईस्वर दुलाल
पथरीशनिश्चरे, भदौ १९
देशमा अहिले आर्थिक संकटले चरम रुप लिन थालिसकेको छ  । महामारीसँगै पर्यटन, व्यापार ब्यवसाय लगायतका क्षेत्रहरूको डामाडोल स्थिति रहेको छ । 
मन्दी सुरु भएपछि हरेक क्षेत्रका व्यपारहरुको ३५ देखि ७५ प्रतिशत सम्मले व्यापार गटेको व्यावसायीहरूको गुनासो छ । व्यावसाय क्षेत्रबाट हुने आम्दानी र रेमिट्यान्समा भएको 
गिरावटसँगै विदेशी मुद्राको सञ्चिती न्यून हँुदा अत्यावश्यक बस्तुको समेत आयात गर्न मुश्किल पर्न थालेको छ । 
आर्थिक मन्दी सुरु भएयता बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी नगर्नाले पनि व्यापार गर्न मुश्किल भएको व्यापारीहरुको गुनासो रहेको छ । वित्तीय संस्थाहरूले व्याजदरमा वृद्धी गरे सँगै व्यापार घटेको अवस्थामा 
ऋण घटाउन साथै व्याज तिर्न मुश्किल परेको छ । उसो त मन्दीका कारण व्यापार व्यवसायमा मात्र हैन देशमै लगानी गरेर केही गर्ने सोच बनाएका युवाहरूमा पनि ठूलो असर रहेको छ । 
आर्थिक मन्दीका कारण व्यापार गर्न गाह्रो परेको छ । वित्तीय संघ संस्थाले लगानी गर्न सकेको छैन । त्यसैले व्यापारको सिजन भएता पनि सुनमा लगानी गर्न सक्ने अवस्था छैन । पौडेल सुनचाँदी पसलका सञ्चालक मुकुन्द पौडेलले जानकारी दिए । 
देश रेमिटान्सले धानेको छ । आर्थिक मन्दीका कारण मनि ट्रान्फरमा आएको रकम पुरै दिन नसकेर आधा आधा गर्दै दिनुपर्ने बाध्यतात्मक अवस्था रहेको सप्तकोशी मनि ट्रान्सफरकी म्यानेजर पवित्रा पौडेलले जानकारी दिइन् । मनि ट्रान्सफरले पहिले मासिक ६ 
करोडको कारोवार गथ्र्यो भने हाल ३ करोडको कारोबार समेत हुन सकेको छैन । 
मन्दीका कारण व्यापार नाजुक अवस्थामा रहेको छ । राजनीतिक अस्थिरता, राष्ट्रिय बैंकको नीतिले देशले आर्थिक मन्दीको भार वेहोर्नु परेको छ । आफू खुशी बैंकहरुलेले व्याजदरमा वद्धी गरेको छ, जसका कारण व्यापारीहरुलाई व्यापार गर्न मुश्किल परिरहेको छ । तीन तहको सरकारबाट विकास निर्माणमा लगानी गर्न नसक्नु अर्थात् विकास सिर्षकका कामहरु नहुनु, कृषि क्षेत्रमा तथा उत्पादन मुलक क्षेत्रमा लगानी नहुने पनि निक्कै ठूलो समस्या निम्त्याएको श्री माता मौयाँ सप्लायर्सका सञ्चालक कमल कार्कीले जानकारी दिए । सरकारको नीतिमा परिवर्तन नआए व्यापार छाड्नु पर्ने स्थिति नआउँला भन्न सकिन्न । पहिले भन्दा ७५ प्रतिशतले नै व्यापार घटेको छ, सरकाले व्यवसायिक नीति परिवर्तन नगरे व्यावसायीहरू धरासायी बन्ने पक्का छ । उने कुरा थप्दै भने । 
पहिलेको हिसावले ६५ प्रतिशत भन्दा बढी ब्यापार घटेको छ । सरकार कमजोरी भएको र भ्रष्टचार व्याप्त बढेकै कारण हामी व्यवसायी मार्कामा परेका छौं । अर्थ मन्त्रालय चल्छ क्याबिनेटले अनि क्याबिनेटमा लुट छ । उचित ब्याजदरमा ऋण प्रवाह भए हामी ब्यापारीहरुले ब्यापारमा लगानी गर्न डराउनु पर्ने स्थिति आउने थिएन । लाहुरे हार्डवेरका संचालक प्रेम तामाङले जानकारी दिए । 
पहिलेको भन्दा ९० प्रतिशतले ब्यापार घटेको छ । व्यापारीहरुलाई बचाउन राज्यबाट पहल हुनुप¥यो । बैंकहरुले ब्यावसाय हेरेर त्यसको मापदण्ड ख्याल गरेर कर्जा प्रवाह गर्नुप¥यो । अन्यथा यस्तै तरिकाले संचालन भइरहने हो भने व्यापार छोड्ने स्थितिको सृजना हुनसक्छ । व्यापारीका हकहितका लगि ब्यापार संघले पनि आवाज उठाउनु प¥यो । आर एण्ड आर डेकोरेसनका संचालक जीवन 
भट्टराई बताउँछन् । मन्दीका 
कारण व्यापार घटेर व्यापारमा गरेको लगानीको किस्ता तिर्न पनि मुश्किल परेको छ । पहिलेको तुलनामा ७५ प्रतिशतले व्यापार घटेको अवस्था छ । त्यही माथि बैंकले आफू खुशी व्याजदर बडाएका कारण हामी व्यापारीलाई असहज भएको कुरा ए.डी होटलका संचालक ईन्द्रप्रसाद दुलालले जानकारी दिए । 
पहिलेको तुलनामा ५० प्रतिशतले ब्यापार घटेको छ । बैंकले ऋण नदिए पछि, आन्तरिक व्यापारबाट मात्र लगानी गर्नुपर्ने स्थिति रहेको छ । आर्थिक मंदिका कारण व्यापार छाड्ने स्थितिको सृजना नहोला भन्न सकिदैन । देशमा ब्यापार गर्ने स्थिति हराई सक्यो । पूर्ण मोबाईल सर्बिस सेन्टरका संचालक पूर्ण मगरले बताए । 
आर्किटेक अर्थात् घर निमार्ण कम्पनी संचालकहरु पनि उस्तै चपेटामा छन् । अन्य व्यवसायको तुलनामा आर्किटेक कम्पनीहरुको व्यापार ० प्रतिशतले नै घटेको पाइन्छ । मंदिका कारण बैंकीङ कारोबार बन्द भए पछि घर निर्माणहरु हुन सकेको छैन् । सम्झौता भई सकेका कामहरू पनि सुरुहुन सकेको छैन । घर निमार्ण कम्पनीका सन्चालक टंक के.सीले बताए । 
अन्य व्यवसायको तुलनामा सुन चादिँ ब्यवसाय धेरै फरक ब्यवसाय हो । यो व्यवसाय बैंक संग नजिक भइरहने व्यापार हो । बैंक कारोबारमा सहजता नभएको कारण हाल गाह्र्रो अवस्था रहेको छ । पहिलेको तुलनामा ३५ प्रतिशतले ब्यापार घटेको खापुहाङ सुन चादिँ पसलका संचालक चन्द्रबहादुर खापूहाङले जानकारी दिए । 
आर्थिक मन्दीका कारण नै ७० प्रतिशतले व्यापार घटेको छ । बैंकिङ कारोवार सुचारु हुने हो भने आर्थिक मन्दी सवल हुने थियो । सितल 
दरबार होतलका संचालक बिबेक तिम्सिनाले जानकारी दिए । उसो त वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्न नसको कारण युवाहरुमा वैदेशिक 
रोजगरीका लागि विश्वका विभिन्न मुलुकका लागि भिजा लगाउन तमतयार अवस्थामा रहेका छन् । देशमा गरिखाने बाटो हराउँदै गए पछि युवाहरु बैदेशीक रोजगारीकै लागी होमिन थालेका छन् । बैंक बाट ऋण लिएर स्वदेशमै केही गरौं भन्ने सोच थियो तर देशको राजनीति अवस्था तथा हालको मन्दीको पीडादेखि नै हारदिक भएर नै म वैदेशिक रोजगारीका लागि अन्य मुलुक जाने सोच बनाएको छु । पथरीशनिश्चरेका युवा मनोज तिम्सीनाले बताए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment